+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

त्रिविमा करारका शिक्षक र कर्मचारीलाई स्थायी नगर्न अनेरास्ववियुको माग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते २०:५४

२९ साउन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय करारमा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका संयोजक समीरराज विष्टले सोमबार एक विज्ञप्ति जारी गरी त्रिवि सेवा आयोगलाई नेतृत्वविहीन बनाई प्रक्रिया मिचेर करार सेवाका शिक्षक र कर्मचारीलाई स्वतः स्थायी गर्नै खोजिएको भन्दै स्वीकार्य नहुने बताए ।

‘खराब तथा स्वार्थगत राजनीतिमा लिप्त रहँदै आफ्ना नजिकका व्यक्तिलाई स्स्थायी गराउने सम्भावना हुुने हुँदा उक्त कार्य स्थगन गरी त्रिवि सेवा आयोगको खुला परीक्षामार्फत पदपूर्ति गर्न अनेरास्ववियु त्रिवि जिल्ला कमिटी त्रिवि पदाधिकारीसमक्ष अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

एक वर्षसम्म त्रिवि सेवा आयोगमा पदाधिकारी नियुक्ति नगरेर शैक्षिक क्षेत्र धरासायी बनाउन लागेको अनेरास्ववियुले आरोप लगाएको छ ।

‘यथाशीघ्र त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति गरी त्रिविमा रिक्त रहेका प्राध्यापक तथा कर्मचारीको खुला प्रतिस्पर्धाबाट मात्रै पदपूर्ति गर्न अनेरास्ववियु त्रिवि जिल्ला कमिटी नेपाल सरकार एवं त्रिवि पदाधिकारी समक्ष जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?