+
+

भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा मनिषराज पाण्डे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते ८:४६

३० साउन, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा मनिषराज पाण्डे निर्वाचित भएका छन् ।

सोमबार भएको  जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट नेपालका पूर्वखेलाडी मनिष पाण्डेले अध्यक्ष अर्का प्रत्यासी रुपक रन्जितलाई २ मतले हराए । पाण्डेले १४ मत प्राप्त गरी निर्वाचित हुँदा रुपकले १२ मत पाए ।

उपाध्यक्षमा राष्ट्रिय अम्पायर धर्म सुन्दर शाक्यले पनि १४ मत ल्याउँदै निर्वाचित भए ।अर्का प्रत्यासी कुन्दन राज सुवेदीले १२ मत ल्याए ।

यसैगरी सचिव पदमा भने सन्जय बस्नेत र किशोर चौगुठीले समान १३ मत प्राप्त गरेपछि  चिठ्ठामार्फत सन्जय विजयी भए ।

कोषाध्यक्षमा कवि खागी १४ मत ल्याएर विजयी भए ।

१० सदस्यमा सुरज शाक्य, स्वस्तिका पौडेल, रोम श्रेष्ठ, बुद्धिराम तामाङ, राजेशकुमार ठाकुर,  अभय राणा, मधु मर्दन राज शर्मा, सुमन रञ्जितकार, नगेन्द्र भट्टराई र रत्न हरि प्रधानाङ्ग निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?