+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शिवम् सिमेन्टको नाफा होङ्सीबाट पाएको ३० करोड लाभांश मात्रै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १४:३१

३० साउन, काठमाडौं । सिमेन्ट बिक्रीबाट हुने आम्दानी घटेसँगै शिवम् सिमेन्टको नाफा ओरालो लागेको छ । सहायक कम्पनी शिवम होल्डीङस् मार्फत होङ्सी शिवम सिमेन्टबाट आएको लाभांश ३० करोड ६० लाख ९३ हजार ८०० रुपैयाँले गर्दा कम्पनी नाफामा देखिए पनि शिवम्को आफ्नो उत्पादनले गत आर्थिक वर्षमा नाफा नहुने अवस्था देखिन्छ ।

गत आर्थिक वर्षमा कम्पनीले ३० करोड २४ लाख ९० हजार रुपैयाँ नाफा कमाएको अपरिस्कृत विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ६९ करोड ७ लाख २१ हजार नाफा कमाएकोमा गत आर्थिक वर्षमा कम्पनीको नाफा ५६.२१ प्रतिशतले गिरावट भएको हो । महंगो बैंक व्याजदर, तरलताको संकुचन, विश्व बजारमा कोइला, डिजेल लगायतका सामानहरुको अत्याधिक मूल्य वृद्धिको प्रभाव, (तेस्रो त्रैमासिक अवधिभर) नेपाल विद्युत प्राधिकरणले उद्योगमा अघोषित लोडसेडिङ गरेका कारण बैकल्पिक उर्जाको प्रयोगबाट उद्योग सञ्चालन गर्दा उत्पादन लागत वृद्धि हुन पुगेको कम्पनीले जनाएको छ ।

यस्तै विकास निर्माणका काममा आएको शिथिलता यथावत रहेको, नेपालमा मागको तुलनामा सिमेन्टको उत्पादन अत्याधिक रहेका कारण बिक्री मुल्यमा ह्रास भएको अवस्था समेतले गर्दा संस्थाले आफ्नो उत्पादन क्षमताको पूर्ण उपयोग हुन नसकेको कम्पनीले जनाएको छ ।

जसले गर्दा कम्पनीको सिमेन्ट बिक्रीबाट हुने सञ्चलान आम्दानी घटेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा ९ अर्ब २६ करोड ४ लाखको सञ्चालन आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा १६.२८ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड २८ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको उत्पादन बिक्री घट्दा बिक्री खर्च पनि घटेको छ । ७ अर्ब ७ करोड ८६ लाख रहेको बिक्री खर्च ६ अर्ब ३३ करोड ६९ लाखमा झरेको छ । यस्तै सञ्चालन खर्च ३१ करोड ३ लाखबाट घटेर २० करोड ४९ लाखमा झरेको छ ।

कम्पनीको खर्च आर्थिक वर्ष २०७८÷७९ मा ८ अर्ब ६४ करोड ८७ लाख रहेकोमा गत आर्थिक वर्षमा ९.६५ प्रतिशतले घटेर ७ अर्ब ८१ करोड ३८ लाखमा झरेको छ । कम्पनीको आम्दानीमा उच्च गिरावट भए पनि खर्च भने तुलनातमक रुपमा कम मात्रै घट्दा नाफामा असर परेको हो ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख र जगेडा तथा सञ्चित कोषमा ३ अर्ब ७१ करोड ८४ लाख छ । २०७९ असारमा ३ अर्ब ८७ करोड ८१ लाख रहेको कम्पनीको जगेडा कोषमा सामान्य गिरावट भएको छ । जसले गर्दा प्रतिसेयर नेटवर्थ केही घटेर २०६ रुपैयाँ ६३ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?