+
+

लाइभ कन्सर्टका लागि नेपाल आउँदै अरिजित सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १७:३०
फाइल तस्वीर

काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउने भएका छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ९ गते काठमाडौंको चावहिलस्थित हायात ग्राउन्डमा अरिजितले सांगीतिक प्रस्तुति दिने जानकारी दियो ।

ग्यारेज इन्टरटेनमेन्टका रसिक भट्टराईले सन् २०१९ देखि अरिजितलाई नेपाल ल्याउने प्रयास बल्ल सफल हुन लागेको बताए । कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुर्‍याउने विश्वास आफूहरुले लिएको आयोजकले बताएका छन् ।

भारतमा रुचाइएका पार्श्व गायकमा पर्ने अरिजितका नेपालमा समेत थुप्रै फ्यान छन् । उनका ‘तुम हि हो’, ‘केसरिया तेरा’,  ‘खैरियत’, ‘अपना बना ले’ लगायत थुप्रै गीत चर्चित छन् ।

‘अरिजीत सिंह लाइभ इन नेपाल’ नाम दिइएको नेपाल कन्सर्टको अर्ली बर्ड टिकट ४ हजार र साधारण टिकट ५ हजार रुपैयाँ तोकिएको छ । साउन ३० गतेबाट खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गर्न सकिने जनाइएको छ । कन्सर्टमा १० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?