+
+

जथाभावी फोहोर फाल्नेलाई महानगरले गर्‍यो कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १४:५८

३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा फोहोर फाल्ने दुई जनालाई ५ हजारको दरले जरिवाना तिराएको छ ।

काठमाडौं १४ कुलेश्वरको फलफूल बजारमा सडकपेटीमा फोहोर फाल्ने रविन्द्र साह र शिवपुजन साहलाई कारबाही स्वरुप जरिवाना तिराएको हो ।

महानगर प्रहरीका अनुसार फलफूलहरुको फोहोर सडक पेटीमा जम्मा गरेपछि कारबाही गरेको हो ।

‘काठमाडौंको सडकपेटी, नदी र अन्य कुनै पनि खुल्ला ठाउँमा फोहोर फाल्नेलाई हामीले कारबाही गर्दै आएका छौैं,’ नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

काठमाडौं भित्र खुल्ला स्थानमा आगो बाल्न, ४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोग गरेको थाहा पाए पनि कारबाही गर्ने पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?