+
+

यस्तो छ ‘देवरा’मा सैफ अली खानको ‘भैरा’ लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १७:०९

काठमाडौं । सैफ अली खानको जन्मदिनको अवसर पारेर आगामी फिल्म ‘देवरा’मा उनको चरित्रको फस्टलुक सार्वजनिक गरिएको छ । देवरामा दक्षिण भारतीय स्टार जुनियर एनटीआर र जान्हवी कपुर शीर्ष भूमिकामा छन् ।

बुधबार सैफको जन्मदिन पारेर एनटीआरले देवरामा उनको भूमिका ‘भैरा’ पात्रबारे जानकारी दिएका छन् । आधिकारिक पोस्टरमा सैफ शान्त पानी र पहाडको पृष्ठभूमिमा बसिरहेको देख्न सकिन्छ । तस्वीर हेर्दा उनी देवरामा दर्शकमाझ सरप्राइज लिएर आउँदैछन् । जुनियर एनटीआरले सैफको तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘भैरा, ह्याप्पी वर्थडे सैफ सर ।’

एनटीआर आर्ट्स तथा युवा सुधा आर्ट्सको ब्यानरमा बनेको ‘देवरा’ सन् २०२४ को अप्रिलमा रिलिज हुने भएको छ । सैफ अली खान पछिल्लो समय लगातार अलग-अलग भूमिकामा देखिइरहेका छन् । यसअघि उनी प्रभास स्टारर आदिपुरुषमा लंकेशको भूमिकामा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?