+
+

भिरमा अड्किएको चिया पसल जहाँ चिया पिउन डोरीमा झुण्डिएर जानुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १७:५५

काठमाडौं । चीनको एउटा चियापसल आफ्नो अनौठो अवस्थितिका कारण सामाजिक सञ्जालमा भाइरल बनेको छ । पहाडको चट्टानी भिरमा ३ सय ९३ फिट उचाइँमा यो पसल झण्डै हावामै अडिएको जस्तो देखिन्छ ।

चीनको हुनान प्रान्तस्थित सिनिउझाई नेसनल जियोलोजिकल पार्कस्थित एक अक्करे पहरामा एउटा सानो काठको दुकान टाँगिएको छ । यसलाई दुनियाकै सबैभन्दा असुविधाजनक पसल पनि भनिन्छ ।

यो चिया पसलले त्यस्ता पर्वतारोहीहरुलाई ताजकीकरण गराउने काम गर्दछ जसले पहाड उक्लिने क्रममा केहीबेर थकाई मार्न चाहन्छन् । पदयात्रीका लागि यो पसलमा चियाखाजा उपलब्ध हुन्छ।

हालै सोसल मिडिया प्लाटफर्म एक्समा यो पसलको तस्वीर सार्वजनिक भएसँगै त्यसले चर्चा पाउन थालेको हो ।

उक्त पसलको तस्वीर राखिएको पोस्टमा लाखौँ भ्यूज तथा लाइक्स प्राप्त भेसकेका छन् । सोसल मिडिया प्रयोगकर्ताहरुले यो पसलका बारेमा अनेक खालका प्रतिक्रियाहरु व्यक्त गरिरहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?