+
+

महिला क्रिकेट टिमको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १८:५४

३१ साउन, काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने महिला टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एसिया क्षेत्र छनोट र त्यसअघि नेपालले मलेसिया, कुवेत र हङकङसँग चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।

क्वालिफायर्सलाई मध्यनजर गर्दै मलेसियाको विकेटको परीक्षण र वातावरणसँग घुलमिल हुनको लागि र कमजोरी थाहा पाउने मौकाको रुपमा यो सिरजलाई लिएको छ ।

क्वालिफायर्स अघि यो प्रतियोगिताले नेपाललाई कमजोरी थाहा पाइ सुधारको मौका हुनेछ ।

अगष्ट २२ देखि २६ सम्म बायुमास ओभलमा हुने सिरिजमा नेपाल र मलेसियासहित हङकङ र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

चारै टिम टी-२० विश्वकप एसिया क्वालिफायर खेल्दैछन् ।

एसिया क्वालिफायरमा समूह ए मा रहेको नेपालले मलेसियासँग अगष्ट ३१ मा पहिलो खेल खेल्नेछ ।

नेपाल रहेको समूहमा मलेसियासहित युएई, कतार, भुटान र बहारइन पनि छन् । समूह बी मा थाइल्याण्ड, हङकङ, चीन, कुवेत र म्यानमार छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

फाइनल पुग्ने दुई टोली टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्नेछ । यस प्रतियोगिताका लागि नेपाली टिम बिहीबार बिहान १० बजे मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ ।

नेपाली टोली

रुबिना क्षेत्री(कप्तान), सीता राना मगर, इन्दु बर्मा, अस्मिना कर्मचार्य, बिन्दु रावल, खुसी ढंगोल , रुबी पोदार, पुजा महतो, इश्वरी विष्ट, काजोल श्रेष्ठ, कविता कुँवर, कविता जोशी, सम्झना खड्का र अप्सरी बेगम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?