+
+

सशस्त्रका १२ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १९:१३

३२ साउन, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका १२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बिहीबार बसेको बढुवा सिफारिस समितिले १२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा एसपी राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविराज कर्णजीत, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहर सिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।

उनीहरु सि.सं. २ बाट भर्ना भएका अधिकृतहरु हुन् । सशस्त्र प्रहरीमा भर्ना हुने पहिलो ब्याचको टोली डीआईजी भइसकेको छ ।

बढुवा सिफारिसमाथि चित्त नबुझे सात दिनभित्र उजुरी दिनसक्ने भनिएको छ । सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?