+
+

कांग्रेस कमजोर भए अहिलेको प्रणालीमाथि नै प्रश्न उठ्छ : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २ गते १२:१९

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् ।

शनिबार काठमाडौं प्रतिनिधि सभा क्षेत्रनम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै उनले लोकतन्त्र बलिया हुनका लागि कांग्रेस मजबुत हुनुपर्ने बताए ।

२०४६ को परिवर्तन आएकोमा खुशी नभएकाहरु अहिले पनि समाजमा विद्यमान रहेको उनको भनाइ छ ।

उनले नेपाली कांग्रेसलाई विधि अनुसार चलाउनुपर्ने भन्दै संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए ।

नेता सिंहले कांग्रेस अहिले पनि कमजोर नरहेको जिकिरसमेत गरे । उनले कांग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था भने आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?