+
+

बेलिङहमको २ गोलमा रियल मड्रिडको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते ६:४०

३ भदौ, काठमाडौं । जुड बेलिङहमले दुई गोल गरेपछि रियल मड्रिड स्पानिस ला लिगामा अल्मेरियामाथि ३-१ को पनारगमन जित निकालेको छ ।

घरेलु मैदानमा अल्मेरियाले सुरुमै अग्रता लिएपनि रियलले पुनरागमन गरेको हो ।

खेलको तेस्रो मिनेटमै सर्जियो अरिबासले गोल गर्दै घरेलु टोली अल्मेरियालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय रहने । १९औं मिनेटमा बेलिङहमले रियलका लागि बराबरि गोल फर्काए । बेलिङहमले नै ६०औं मिनेटमा गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । रियलका लागि तेस्रो गोल भिनिसियस जुनियरले ७३औं मिनेटमा गरे ।

लगातार दोस्रो खेल जित्दै शतप्रतिशत नतिजा कायम राखेको रियल ६ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ ।

लसपलमसलाई १-० ले हराएर लगातार दौस्रो खेल जितेको भ्यालेन्सियाको पनि ६ अंक छ । तर गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?