+
+

बोरामा राखेर भारत लैजान लागिएका दुई बच्चाको उद्धार, एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते २१:०८

३ भदौ, जनकपुर । दुई नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल बाराको टोलीले देवताल गाउँपालिका–३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी लक्ष्मी महतो र स्थानीय प्रेमचन्द्र महतोका २ वर्षीय छोरा सत्यमकुमार महतोलाई उद्धार गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।

‘दुई जना बच्चाहरुलाई उद्धार गरेर उनीहरुलाई बोरामा हालेर लैजाने भारतीय नागरिक २२ वर्षीय ताबरेज आलमलाई पक्राउ गरिएको छ’, खड्काले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बारा बुझाएका छौं ।’

सशस्त्र प्रहरी बल नेपाल नं १२ गण बारा मातहतको बीओपी दक्षिणझिट्कैयामा  नजिकै बच्चाहरु रोएको आवाज सुनेर जाँच गर्दा बच्चा फेला पारिएको सशस्त्र प्रहरीका एसपी टोपबहादुर डाँगीले जानकारी दिए ।

उनका अनुसार उद्धार गरिएका बालबालिका अभिभावकलाई जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?