+
+
Shares

भक्तपुरको बाल सुधार गृहबाट भागेका १२९ कैदीबन्दी खोज्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १६:५७
सुधार गृहबाट भागेका कैदी भक्तपुरको सडकमा । तस्वीरः कमल प्रसाईं

४ भदौ, काठमाडौं । सानोठिमीस्थित बाल सुधार गृहबाट भागेकामध्ये ८७ कैदीबन्दी काठमाडौंबाट पक्राउ परेका छन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, भागेर काठमाडौं पुगेका ८७ जनालाई पक्राउ गरिएको छ । थप ८३ जना सुधार गृहमै छन् ।

सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।

यस अनुसार अझै १२९ जना फरार रहेको देखिएको छ । उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अनलाइनखबरसँग भने, ‘उनीहरुको खोजीका लागि तीन वटै जिल्लाका प्रहरी परिचालित भएका छन् ।’

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।

बस्नेतको मृत्युबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?