+
+

सल्यानमा गाडी दुर्घटना हुँदा १२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १७:२५

४ भदौ, दाङ। रुकुमबाट आउदै गरेको गाडी सल्यानमा दुर्घटनामा हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो रुकुमबाट नेपालगंज जाँदै गरेको लु २ ख ५७३१ नम्बरको गाडी राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट नजिकै दुर्घटनामा परेको हो ।

सल्यानका प्रहरी प्रमुख डिएसपी दामोदर केसीले दुर्घटनाका १२ जना घाइतेलाई उद्धार गरिएको जानकारी दिए । ती मध्य ३ जना गम्भीर घाइते भएको उनले बताए ।

घाइतेलाई उपचारका लागि दाङस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुर तर्फ लगिएको छ ।

गाडी सडकबाट करिब दुइ सय मिटर तल खसेको थियो । घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?