+
+

कैदीबन्दी भागेपछि सुधार गृह बाहिर आफन्तको भीड (तस्वीरहरु)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० भदौ ४ गते १९:०७

४ भदौ, काठमाडौं । सानोठिमीस्थित बाल सुधार गृहबाट २२१ कैदीबन्दीहरु भागेपछि सुधार गृह बाहिर उनीहरुका आफन्तको भीड लागेको छ ।

आइतबारदेखि भएको झडप र सोमबार पनि जारी तनावबीच कैदीबन्दी भागेको समाचार सुनेपछि आफन्तहरु सुधार गृह बाहिर जम्मा भएका हुन् ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीका अनुसार, सानोठिमीस्थित सुधार गृहबाट भागेकामध्ये १९४ जना नियन्त्रणमा आइसकेका छन् । थप २७ जनाको खोजी भइरहेको केसीले बताए ।

‘उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरी परिचालित छन्’, उनले भने ।

सोमबार दिउँसो सुधार गृहको पछाडिपट्टिको ढोका फोडेर कैदीबन्दी फरार भएका थिए । उनका अनुसार, त्यसक्रममा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । भित्रका केही कैदीबन्दी पनि घाइते रहेको केसी बताउँछन् ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि आइतबार नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदीबन्दी फरार भएका थिए ।


यो पनि पढ्नुस् 

भक्तपुर प्रहरी प्रमुख भन्छन् : सुधार गृहबाट २२१ भागेका थिए, २७ सम्पर्कमा आउन बाँकी छ

कैदीको मृत्युपछि सुरु भएको थियो बाल सुधार गृहमा तनाव

भक्तपुरको बाल सुधार गृहबाट भागेका १२९ कैदीबन्दी खोज्दै प्रहरी

भक्तपुरमा सुधार गृहबाट कैदी बन्दी भागेपछि उपत्यकाभरि सतर्कता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?