+
+

भारत र पाकिस्तानसँग उत्कृष्ट क्रिकेट खेल्छौं : रोहितकुमार पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १८:०३

५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल एसिय कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल्ने बताएका छन् ।

एसिया कप क्रिकेट खेल्न जाने टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले गरेको बिदाइ कार्यक्रममा उनले भारत र पाकिस्तानसँग नेपाली टिमले एक उत्कृष्ट क्रिकेट खेल्ने बताएका हुन् ।

‘भारत र पाकिस्तान दुवैसँगको खेल एकदमै प्रतिस्पर्धी हुनेछ । दुवै टिमले एकै स्थानबाट सुरु गर्ने हो,’ उनले भने, ‘क्रिकेटमा जुनसुकै टिमले पनि जित्न सक्छ । त्यो दिन जसले राम्रो खेल्छ उसैले जित्ने हो । हामीले राम्रो खेल्यौं भने जित्छौं ।’

‘हामी मानसिक रुपमा पनि तयार छौं । १५ दिनको ब्रेकमा सबैले आफ्नो आफ्नो कमजोरीमा काम गरेका छन् । त्यसैले हामी उत्साहित र तयार छौं’, रोहितले भने ।

नेपाली टिमको आत्मविश्वास बलियो रहेकाले दुवै बलिया टिमसँग खेल्ने उत्साह रहेको रोहितले बताए ।

प्रशिक्षक मोन्टी देशाइ पनि यो प्रतियोगिताको लागि आफू निकै सकरात्मक रहेको बताए । ‘५/६ महिना हामी जित्ने मानसिकताले खेलिरहेका थियौं । म त्यो मानसिकता कहिल्यै परिवर्तन नहोस् र बारम्बार देखियोस् भन्ने चाहन्छु’, प्रशिक्षक मोन्टी देशाइले भने ।

एसिया कप क्रिकेटका लागि नेपाली टिम आजै पाकिस्तान प्रस्थान गर्दै छ । पाकिस्तानमै अभ्यास गरेर घरेलु टोलीसँग एसिया कपमा आफ्नो पहिलो खेल खेलेर नेपाल भारतसँगको खेलका लागि श्रीलंका जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?