+
+

डिसेम्बरबाट डिलिट हुँदैछन् निष्क्रिय गुगल अकाउन्ट, यसरी बचाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १२:२०

गुगलले यहीँ शनिबार आफ्ना करोडौं प्रयोगकर्तालाई इमेल पठाउँदै गुगल अकाउन्टको निष्क्रियता नीतिलाई अद्यावधिक गरेको जनाएको छ ।

जस अनुसार गुगलका हरेक प्रडक्ट तथा सर्भिसहरुको अधिकतम निष्क्रियता अवधि अधिकतम दुई वर्ष कायम गरिएको छ ।
तत्कालैबाट लागू भएको यो नियमानुसार विगत दुई वर्षदेखि साइन इन नगरिएका वा गुगल अकाउन्ट वा प्रयोग नगरिएका प्रडक्टहरु अब निशानामा पर्नेछन् ।

गुगलका अनुसार दुई वर्षसम्म निष्क्रिय अकाउन्ट तथा त्यसमा भएका सामग्रीहरु आगामी डिसेम्बर १ बाट डिलिट हुनेछन् ।
त्यसैले यदि तपाईंले आफ्नो जिमेल, गुगल फोटो, ड्राइभ जस्ता अकाउन्टहरु दुई वर्षभन्दा बढी अवधिसम्म नचलाइकन बस्नु भएको छ भने तपाईंको अकाउन्ट तथा त्यसका सामग्रीहरु डिलिट हुने खतरा छ । तर यसबीचमा कम्तिमा पनि एकपटक साइन इन गर्नुभएको छ भने चिन्ता मान्नु पर्दैन ।

गुगलले आफ्नो इमेलमा भनेको छ, ‘नियम तत्कालैदेखि लागू गरिएको भएपनि यसको कार्यान्वयनको सबैभन्दा छिटो मिति भनेको आगामी डिसेम्बर देखि हो ।’

यदि कुनै पनि अकाउन्ट निष्क्रिय हुने देखिएमा गुगलले सम्बन्धित प्रयोगकर्ता तथा त्यसको रिकभरी इमेल ठेगानामा धेरैपटक जानकारी तथा चेतावनी सन्देश पठाउनेछ । त्यसपछि मात्र अकाउन्ट डिलिट गर्ने कदम चाल्नेछ ।

गुगलका अनुसार कम्तिमा ८ महिनासम्म यस्ता ताकेता इमेलहरु पठाइनेछ र त्यसपछि मात्र अकाउन्ट डिलिटको कदम अघि बढाइनेछ ।

कुनै पनि गुगल अकाउन्ट डिलिट भैसकेपछि त्यो अकाउन्टका लागि प्रयोग भएको जिमेल ठेगाना नयाँ गुगल अकाउन्टमा प्रयोग गर्न सकिनेछैन ।

त्यसैले आफ्नो गुगल अकाउन्टलाई डिलिट हुनबाट कसरी बँचाउने त ? यसको सबैभन्दा उत्तम उपाय भनेको कम्तिमा पनि दुई वर्षमा एकपटक अकाउन्ट साइन इन गर्ने ।

गुगलका अनुसार यदि तपाईंले पछिल्लो २ वर्षमा कम्तिमा एकपटक भए पनि आफ्नो गुगल अकाउन्टमा साइन इन गर्नुभएको छ भने त्यसलाई सक्रिय मानिनेछ र डिलिट गरिनेछैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?