+
+

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन अनेरास्ववियुको माग

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १५:४६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाहिर अनेरास्ववियुका विद्यार्थीहरु ।

६ भदौ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङको स्नातक तह अध्ययनका लागि गरेको शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

बुधबार अनेरास्ववियुको एक टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरुको शुल्क २ लाख ८० हजार रुपैयाँबाट बढाएर ७ लाख ७५ हजार रुपैयाँ पुर्‍याएकामा आपत्ति जनाएको हो ।

२५ साउनमा बसेको इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको बैठकले संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरुको शुल्क वृद्धिको निर्णय गरेको थियो ।

सर्वसुलभ रुपमा गरिब जेहेन्दार विद्यार्थीहरुको पहुँचमा नरहने गरी गरिएको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्न उद्धत भएको देखिएको अनेरास्ववियुले आरोप लगाएको छ ।

‘देशका विद्यार्थीहरुको पलायन रोक्न सरकारले शिक्षामा थप लगानी गरी सर्वसुलभ रुपमा इन्जिनियरिङ विषय पढाउनुपर्नेमा नयाँ भर्नाको मौका छोपी भारी मात्रामा गरिएको शुल्क वृद्धि कदापि मान्य हुने छैन’, अध्यक्ष समिक बडालले ध्यानाकर्षणपत्रमा भनेका छन् ।

हेर्नुहोस् ज्ञापनपत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?