+

सुत्केरीलाई तेल मसाज गर्नु जरुरी छ ?

२०८० भदौ  ७ गते १२:४९ २०८० भदौ ७ गते १२:४९
Shares
सुत्केरीलाई तेल मसाज गर्नु जरुरी छ ?

काठमाडौं । नेपाली समाजमा सुत्केरीलाई तोरीको तेल लगाएर मसाज गरिदिने चलन छ । सुत्केरी अवस्थामा तेल लगाउँदा महिलाको शरीर बलियो हुने र स्वास्थ्य समस्या कम हुने बताइन्छ ।

नेपाललगायत दक्षिण एसियामा यस्तो चलन रहे पनि पाश्चात्य मुलुकमा भने शिशु र सुत्केरीलाई तेल लगाउने गरिंदैन ।

त्यसो भए सुत्केरी भएपछि तेल लगाउनु अनिवार्य छैन त ?

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जोत्सना शर्मा तिवारी सुत्केरी हुँदा तेल अनिवार्य लगाउनुपर्छ भनेर चिकित्सकले नसुझाउने बताउँछिन् । ‘सुत्केरी हुँदा अनिवार्य तेल लगाएर मालिस गर्नुपर्छ भनेर चिकित्सकले सुझाउँदैनन् । त्यसैले तेल नलगाउँदा भविष्यमा शरीर कमजोर हुन्छ भन्नु गलत बुझाइ हो । यद्यपि तेल लगाएमा यसले बेफाइदा भने गर्दैन,’ उनी भन्छिन् ।

उनका अनुसार पश्चिमी देशहरुमा तेल लगाउने चलन छैन । मसाजले शरीरलाई आराम दिने र रक्त सञ्चार प्रक्रियालाई चुस्त राख्न सहयोग गर्ने डा. शर्मा बताउँछिन् । अहिले त सुत्केरी हुँदा मात्र होइन, अन्य समयमा पनि मसाज गर्नका लागि स्पा जस्ता मसाज सेन्टरहरु समेत खुलेका छन् ।

डेलिभरीपछि मालिस कहिले गर्ने ?

डा. शर्माका अनुसार सिजेरियन होस् वा सामान्य डेलिभरी,  पूर्ण रुपमा महिलालाई निको हुन ६ देखि आठ हप्ता लाग्छ । ‘सामान्य प्रक्रियाबाट सुत्केरी भएकी महिलाले अस्पतालको डिस्चार्जपछि तेल लगाउन सकिन्छ । तर यदि सिजेरियन डेलिभरी भएको छ भने घाउ पूर्ण रूपमा निको भएपछि मात्र लगाउन उपयुक्त हुन्छ,’ उनी भन्छिन् ।

के छन फाइदा ?

डा. शर्माका अनुसार प्रसव पीडाले शरीरलाई थकाउने र कमजोर बनाइरहेको हुन्छ । यस्तोमा तेलले मालिस गर्दा शरीरमा हुने ढाड दुखाइ र जोर्नी दुखाइबाट राहत मिल्छ । जब बच्चा गर्भमा हुन्छ, शरीरका धेरै भाग तन्किएको हुन्छ, जसलाई मसाज गरेर मात्र बिस्तारै कम गर्न सकिन्छ ।

त्यति मात्र होइन, शरीरलाई दिनहुँ मालिस गर्नाले रक्त सञ्चार राम्रोसँग हुन पाउFछ । र, शरीरबाट अनावश्यक तरल पदार्थ र विषाक्त पदार्थहरू हटाउँछ । तेल लगाउँदा शरीर हल्का हुनेदेखि तनावलाई पनि कम गर्न मद्दत गर्छ ।

के कुरामा ध्यान दिने ?

-मालिस गर्न नरिवलको तेल र तोरीको तेल मात्र प्रयोग गर्ने ।

-तेल लगाउँदा हल्का मसाज मात्र गर्ने ।

-तेल लगाएपछि २४ घण्टापछि नुहाउने, किनभने यो समयमा गर्मी गर्ने खानेकुरा बढी खाने, पसिना र तेलको मिश्रणले शरीर छिटो फोहोर हुने र घाउ पनि पाक्ने सम्भावना हुन्छ ।

-तेल लगाएपछि त्यसमाथि तेल नथप्ने ।

-तेल लगाउँदा सधैं तलको भागदेखि माथितर्फ लगाउनुपर्छ । ताकि रक्त प्रवाह माथिल्लो दिशामा पनि राम्रो हुन सकोस् ।

-तेल लगाउँदा एक्जिमा वा एलर्जी देखिएमा मालिस गर्नु हुँदैन ।

तेल मसाज सुत्केरी
डा. ज्योत्सना शर्मा
लेखक
डा. ज्योत्सना शर्मा
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ५३१६ एमबीबीएस (फिलिपन्स), एमडी एसोसियट प्रोफेसर, हाल काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?