+
+

संसदमा भयो इन्जिनियरिङको शुल्क वृद्धि फिर्ताको माग

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १४:५०

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययनका लागि भएको शुल्क वृद्धि फिर्ता लिन माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको छ । २ लाख ८० हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ ।

उक्त शुल्क वृद्धिको आपत्ति जनाउँदै सांसद पौडेलले प्रतिनिधि सभाको बैठकमा भने, ‘शुल्क वृद्धि २ सय प्रतिशत गरिएको छ । जुन ढंगबाट शुल्क वृद्धि गरिएको छ । त्यो अस्वभाविक छ ।’

त्रिवि भद्रगोल तरिकाले चलिरहेकाले सुधारका लागि शिक्षामन्त्रीले स्वेतपत्र जारी गर्न उनले ध्यानाकर्षण गराए ।

इन्जिनियरिङ अध्ययनका लागि गरिएको शुल्क वृद्धिको विद्यार्थी संगठनले विरोध जनाएका छन् । नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, विरोध गरेका छन् । अध्ययन संस्थान अन्तर्गत उपत्यकामा पुल्चोक, थापाथली र काठमाडौं बाहिर पोखरा, धरान, चितवनमा क्याम्पसहरु सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?