+
+

लोकदोहोरी कलाकारलाई विदेशमा तीजको चटारो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १३:११

काठमाडौं । असोज १ गते हिन्दू महिलाले हरितालिका तीजपर्व मनाउँदैछन् । पर्व नजिकिंदै गर्दा नेपाली डायस्पोरामा तीजको माहोल अहिल्यैदेखि सुरु हुन थालेको छ । त्यहाँस्थित नेपाली समुदायले कलाकारलाई बोलाएर मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न थालेका छन् ।

डायस्पोराको तीज कार्यक्रममा सहभागी हुन नेपाली संगीत क्षेत्रका कलाकारलाई भ्याइनभ्याइ छ । विशेषगरी लोक दोहोरी क्षेत्रका कलाकारलाई चटारो सुरु भएको छ । कतिपय विदेश उडिसकेका छन् भने कतिपय जाने तयारीमा छन् ।

गायक प्रकाश सुपतले आज शुक्रबार बेलायतको एल्डरसटमा केप्लर इभेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा सांगीतिक प्रस्तुति दिंदैछन् । उनी केही दिनअघि नै लण्डन पुगेका थिए । क्यानडा कार्यक्रम सकेर उनी बेलायत उडेका हुन् ।

गायक खुमन अधिकारी र चन्दा अर्यालले शनिबार सिड्नीमा तीज धमाका कार्यक्रममा दर्शक नचाउँदैछन् । गुल्मी समाज अष्ट्रेलियाले बालबालिकाको शिक्षामा सहकार्य गर्ने उद्देश्यले सिड्नीमा कार्यक्रम गरेको हो । गायक रवि ओड र गायिका अनिता चलाउने अष्ट्रेलियामा आयोजना गरिएको ‘नारी निकुञ्ज तीज २०२३’ कार्यक्रममा भाग लिन पुगेका छन् । दुई सेप्टेम्बरमा अष्ट्रेलियामा हुन लागेको तीज कार्यक्रममा सहभागी हुन खेम सेञ्चुरी र शान्तिश्री परियार त्यता जाँदैछन् ।

अर्घाखाँची समाज अष्ट्रेलियाले आयोजना गरेको यो तीज कार्यक्रमबाट संकलित रकम गरिब तथा जेहेन्दार छात्रवृत्तिमा उपयोग गरिने जनाइएको छ । एक महिनाको सांगीतिक कार्यक्रमको लागि पशुपति शर्मा अष्ट्रेलिया पुगेका छन् । गायिका कला लम्सालसँगै उनी यतिबेला सिड्नीमा छन् । दिदीबहिनी इभेन्ट्सले आयोजना गर्ने तीज कार्यक्रममा भाग लिन पशुपति र कला त्यता लागेका हुन् ।

गायिका मञ्जु पौडेल ८ सेप्टेम्बरमा कुवेतमा हुने हरितालिका तीज विशेष कार्यक्रममा सहभागी हुन त्यता जाँदैछन् । नेपाल कुवेत सांस्कृतिक मञ्चले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी त्यता जानेछिन् । यी बाहेक अन्य कलाकार पनि विदेश दौडाहामा जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?