
काठमाडौं । रुस्लानले ‘रुस्लान स्टुडियो’को सुरुवात गरेको छ । ६ भदौमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले ‘रुस्लान स्टुडियो’को सुरुवात गरेको हो । ‘रुस्लान स्टुडियो’ एउटा यस्तो मञ्च हो जसले लाइभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ । सो संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युटुब पेजबाट हुनेछ ।
कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरूको प्रस्तुति हुनेछ । रुस्लान स्टुडियोको मुख्य उद्देश्य यसअघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरुमा परीक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशीलता प्रस्तुत गर्नेछन् । जसबाट २५ भन्दा बढी ट्रयाकहरु नयाँ शैलीमा रमाउन सकिने छ ।
‘रुस्लान स्टुडियो’मा शुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समिर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेंट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्ब, दिवस गुरूंग, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द, केंजल मेहर श्रेष्ठ, एएसएम कलाकारहरुको प्रस्तुति रहने कम्पनीले जनाएको छ ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ब्रान्ड म्यानेजर श्रयकृष्ण श्रेष्ठले आगामी दिनमा रुस्लान र संगीतको सम्बन्धलाई अझ दरिलो बनाउने उदेश्यका साथ रुस्लान स्टुडयोको सुरुवात गरिएको बताए ।
रुस्लान स्टुडियोको सुरुवातले रुस्लान ब्रान्ड र ग्राहकको सम्बन्ध अझ अटुट बनाउने उनको विश्वास छ । उनका अनुसार रुस्लान स्टुडियोको पहिलो एपिसोडमा शुशान्त केसीको प्रस्तुति रहने छ ।
प्रतिक्रिया 4