+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शिव श्रेष्ठ र लक्ष्मी गिरीलाई दीर्घ साधना सम्मान प्रदान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ९ गते १७:०७

काठमाडौं । चलचित्र विकास बोर्डले अभिनेता शिवसुन्दर श्रेष्ठ र लक्ष्मीकुमार पौड्याल (गिरी)लाई दीर्घ साधना सम्मान प्रदान गर्ने घोषणा गरेको छ । विज्ञप्ति जारी गर्दै बोर्डले श्रेष्ठलाई २०७९ र पौड्याललाई २०७८ सालको सम्मान दिने जनाएको हो ।

साथै बोर्डले ३५ जना फिल्मकर्मीलाई विशेष सम्मान प्रदान गर्ने समेत जनाएको छ । जसमा कलाकार अर्जुन श्रेष्ठ, अर्जुनजंग शाही, इन्द्रदेव फिल्म हल, निर्देशक ऋषिराज आचार्य, ओम अग्रवाल, कलाकार कमलप्रसाद शर्मा, कमलकान्त मैनाली, किरण केसी छन् ।

निर्माता कृष्णप्रसाद पोखरेल, निर्देशक केदारप्रसाद पाठक, छायांकार गौरीशंकर धुजु, कलाकार झरना थापा, दुबईस्थित गैरआवासीय नेपाली संघका निर्वतमान अध्यक्ष ठाकुरप्रसाद ढुंगाना, पत्रकार डब्बु क्षेत्रीलाई पनि विशेष सम्मान प्रदान गर्ने जनाइएको छ ।

निर्देशक दयाराम दाहाल, निर्देशक प्रितम गुरुङ, निर्देशक भुपेन्द्रकुमार खड्का, प्राविधिक मनोज केसी, वितरक रमेश ढकाल, कलाकार रामचन्द्र अधिकारी, कलाकार रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी, विजय लामा, बिपिन मल्ल, बिमल पौडेल, बिमला केसी, शिव परियार, शोभित बस्नेत, सन्तोष पन्त, सुदर्शन थापा, सुनयमान श्रेष्ठ, सुनिल कटुवाल, सुनिल पाण्डे, सुभाषप्रसाद गजुरेल र सुवास गजुरेललाई पनि सम्मान दिइने जनाइएको छ ।

भदौ १२ गते राष्ट्रपति भवनमा आयोजना हुने समारोहमा राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह आयोजना हुने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?