+
+

मधेश आन्दोलनमा मारिएकालाई अझै शहीद घोषणा गरिएन : महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ९ गते १९:००

९ भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका क्रममा मारिएका नेता, कार्यकर्तालाई अझै शहीद घोषणा नगरेकामा असन्तुष्टि जनाएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा शनिबार पार्टी कार्यालय बहरमहलमा आयोजित कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले मधेश आन्दोलनका क्रममा जेल परेका र झुटा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता लिने सम्झौता पनि सरकारले कार्यान्वयन नगरेको बताए ।

‘हाम्रो सम्झौता नै भएको हो कि राज्यले उनीहरुलाई छाड्ने र मुद्दा फिर्ता लिने । तर त्यो सम्झौता अहिलेसम्म लागू भएको छैन । जो संघर्षको दौरान मारिए, तिनीहरुलाई शहीदसम्म घोषणा गरिएको छैन’, अध्यक्ष ठाकुरले भने ।

सरकारले शान्तिपूर्ण राजनीतिमा आउन सम्झौता गरेका राजनीतिक दल तथा समूहका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने गरी कानुन संशोधन गर्न लागेको सुने पनि संसदबाट पारित नभएको ठाकुरले बताए ।

‘सुन्छु–कानुन संशोधनको लागि संसदमा आएको छ, र अहिले पास भएको छैन त्यो । राजनीतिक कारणले जो जेलमा परिरहेका छन्, मुद्दा चलिरहेको छ । त्यसलाई फिर्ता लिने जुन सम्झौता भएको छ । त्यो विधेयक पास भएपछि गर्न सकिन्छ’, उनले भने ।

लोसपाका नेता नेता राजेन्द्र महतोले सबै समुदायको पहिचानसहितको अधिकार प्राप्तिको आन्दोलनलाई अझै तिब्र गतिमा अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?