+
+

सेल्सबेरीको ‘म्याजिक मनसुन’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १४:०३

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोर्सले ‘म्याजिक मनसुन’ अफर ल्याएको छ । १ भदौदेखि लागु भएको यो अफर भदौ महिनाभर चल्नेछ । सेल्सबेरीमा सपिङ गर्ने ग्राहकले यस अफर अन्तर्गत भारी छुट प्राप्त गर्ने जनाइएको छ ।

रक्षा बन्दन, गाइजात्रा, कुशे औंशी र तीजको अवसरलाई लक्षित गरेर अफर सार्वजनिक गरिएको सेल्सबेरीले जनाएको छ ।

घरायासी, खाद्यान्न तथा किचनका सामानहरुमा आकर्षक छुट प्रदान भइरहेको सेल्सबेरीले जनाएको छ । यो अफर सेल्सबेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ ।

दैनिक उपभोगका हरेक समानहरु सहुलियत दरमा प्राप्त गर्न सकिने मनसुन अफरमा वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा भने १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सबेरीले जनाएको छ ।

त्यसैगरी माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोगमा समेत सेल्सवेरीमा विशेष छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । सेल्सवेरीका अनुसार १० प्रतिशत वा नगद ३ सय रुपैयाँ छुट प्राप्त हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?