+
+

शरणार्थी प्रकरणबारे एसएसपी राठौरले भने : कानून बमोजिम गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १८:२२

१२ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु हुन लाग्दा भएको उच्च सुरक्षा अधिकारीहरुको हेरफेरका बीच उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सोमेन्द्रसिंह राठौरले जिम्मेवारी सम्हालेका छन् ।

शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने एसएसपी डा. मनोज केसी जिम्मेवारीबाट हटाइएपछि गृह मन्त्रालयले राठौरलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र भुपेन्द्र खत्रीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको थियो ।

जिम्मेवारी सम्हालेपछि मंगलबार राठौरले पत्रकार सम्मेलन गरेर कानून बमोजिम भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने बताए । एसएसपी राठौरले भने, ‘कानून बमोजिम हुने काममा कुनै पनि कम्प्रमाइज हुँदैन ।’

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा शरणार्थी प्रकरणको अनुसन्धान गर्ने उच्च अधिकृतहरु हटाइएका थिए । तर, हेरफेर गर्दा गृह मन्त्रालयले चलाखीपूर्ण तरिकाले अपराध अनुसन्धानमा अब्बल मानिएका दुई एसएसपी खत्री र राठौरलाई काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी दिएको थियो ।

खत्री तिनै अधिकृत हुन्, जो रौतहट प्रहरी प्रमुख हुँदा कांग्रेस सांसद् मोहमद अफताब आलम पक्राउ परेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व पाएका राठौर पनि उपत्यकाको अपराध अनुसन्धानमा लामो समयदेखि काम गरेको अधिकृत हुन् ।

‘मैले प्रहरी निरीक्षक, डीएसपी हुँदा पनि यहाँ काम गरेँ, एसएसपीका रुपमा चार महिना अघि पनि यहीँ थिएँ’, राठौरले भने, ‘त्यसैले मेरो लागि यो नयाँ ठाउँ होइन ।’

उनले आफ्नो कुनै कार्यजना नभएको बताउँदै कुनै पनि अपराधिक गतिविधिमा निर्मतापूर्वक प्रस्तुत हुने बताए । उनले साइबर अपराध बढ्दो क्रममा रहेको प्रति पनि चिन्ता व्यक्त गरे ।

काठमाडौं प्रहरी प्रमुख खत्रीले पनि आइतबार पत्रकार सम्मेलन गरेर ‘कुनै कम्प्रमाइज’ नगर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?