+
+

भीमदत्तनगरका पूर्वमेयर विष्टसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते २०:२५

१२ भदौ, काठमाडौं । नदीजन्य पदार्थको ठेक्कामा ठेकेदालाई १ करोड ३४ लाख रुपैयाँ छुट दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्र विष्टसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा महाकाली नदीको ढुंगा, गिटी, बलुवा, ग्राभेल र माटोको रोयल्टी उठाउने ठेक्कामा ठेकेदार कम्पनीलाई १ करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ ८७ पैसा छुट दिएको आरोपमा अख्तियारले तत्कालिन मेयर विष्ट, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, राजस्व छुट दिन गठित कार्यदलका सदस्य र ठेकेदार कम्पनीका प्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ठेकेदारले बुझाउनुपर्ने ठेक्का रकममा नगरसभाले राजस्वमा छुट दिने मनसायले ५ सदस्यीय कार्यदल गठन गरी कार्यदलको सिफारिसका आधारमा १ करोड, ३४ लाख ९७ हजार ४५३ रुपैयाँ ८७ पैसा छुट दिएको थियो ।

अख्तियारले राजस्व छुटका लागि गठित कार्यदलका संयोजक तथा सदस्यहरु तत्कालीन वडा नं. १७ का वडा अध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालय सिहं ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत (छैटौं) बिक्रम भण्डारी र नायव सुब्बा नरेन्द्रदेव भट्टविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले कोरोना महामारीका बेला सरकारी कार्यालयबाट अत्यावश्यक सेवा बाहेक अरु सेवासमेत बन्द भएको अवस्थामा ठेक्काको कर तथा जरिवाना छुट दिन मिल्ने निर्णय गरेका थिए । अख्तियारले उनीहरु अफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर निर्णय गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

महाकाली नदीको नदीजन्य पदार्थ उत्खननका लागि भवानी कन्स्ट्रक्शन प्रालिले ठेक्का पाएको थियो । ठेक्कामा सम्झौता र बोलपत्रको शर्त विपरीत नगरपालिकासँगको मिलेमतोमा १ करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ ८७ पैसा छुट लिएको भन्दै अख्तियारले ठेकेदार कम्पनीका सञ्चालकहरु ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, पुष्पराज भट्ट, ईश्वरीप्रसाद भट्टकी श्रीमती खगेश्वरी भट्टविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?