+

पाकिस्तानसँगको खेलअघि प्रधानमन्त्रीले दिए क्रिकेट टिमलाई शुभकामना

२०८० भदौ  १३ गते १३:०१ २०८० भदौ १३ गते १३:०१
पाकिस्तानसँगको खेलअघि प्रधानमन्त्रीले दिए क्रिकेट टिमलाई शुभकामना

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार एसिया कप क्रिकेटमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली टिमसँग कुराकानी गरेका छन् ।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री प्रचण्डले जितको शुभकामना दिएका उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।

भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा गर्ने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुल्तान क्रिकेट स्टेडियममा नेपालले बुधबार दिउँसो सवा ३ बजे पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल क्रिकेट प्रचण्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय