+
+

सुन तस्करी प्रकरणमा समातिएका पौडेल भन्सारका कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १८:२१

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी भएको खुलेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पौडेल भन्सार कार्यालयमा मूल्यांकन शाखाका अधिकृत भएको खुलेको छ । उनले भन्सार कार्यालयमा कार्यरत रहेर सुन तस्करी गर्ने गिरोहलाई सहयोग गरेको तथ्य फेला परेको बताइएको छ ।

हङकङबाट आएको ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन भन्सार जाँच पास भइसकेको अवस्थामा ३ साउनमा बरामद भएको थियो । राजश्व अनुसन्धान विभागले १९ दिनसम्म छानबिन गरेर सुन प्रकरणको सम्पूर्ण अनुसन्धान सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

सीआईबीले गरेको अनुसन्धानका क्रममा यसमा भन्सार कर्मचारी पनि संलग्न रहेको देखिएको हो । हालसम्म यो प्रकरणमा चिनियाँसहित ६ जना विदेशी नागरिक पक्राउ परेका छन् भने जम्मा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।

यो प्रकरणको अनुसन्धानका लागि सीआईबीले हङकङमा एसएसपी दिनेश आचार्यलाई पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?