+
+

कैलालीमा बन्दुक, गाेली र बारूदसहित चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते ११:१९

१४ भदाै, धनगढी । कैलालीमा बन्दुक, गाेली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ ।

गएराति लम्कीचुहा नगरपालिका-१ काे भुरुवाबाट इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएकाे टाेलीले हतियारसहित चार जनालाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्ताेश बस्यालले स्थानीय अर्जुन बिक, रामचन्द्र चौधरी,नरेश डगौरा र सचिन चौधरीलाई पक्राउ गरिएकाे जानकारी दिए । उनकाअनुसार उनीहरूकाे साथबाट एउटा प्वाइन्ट २२ हर्नेट (बन्दुक), एक थान म्यागजिन, १५ राउण्ड गोली र ५ ग्राम बारुद बरामद भएको छ ।

पक्राउ परेका चारै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?