+
+

राप्रपाको पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १७:३६

१४ भदौ, काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।

विद्युत प्रशारण लाइन मुनिको जग्गामा निर्माण गरिएको भन्दै काठमाडौं महानगरपालिकाले राप्रपाको पार्टी कार्यालय भत्काउने निर्णय गरिसकेको छ । तर राप्रपाले आफैं भत्काउने भनेर समय माग गरेपछि महानगरपालिकाले डोजर चलाएको थिएन ।

राप्रपालाई जग्गादान गर्ने जग्गाधनीहरुले दिएको रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले घर भत्काउनेबारे एकजना जग्गाधनीलाई मात्र जानकारी गराएको भन्दै तत्काल नभत्काउन अन्तरिम आदेश दिएको हो ।

अदालतले यो मुद्दा छिटो किनारा लगाउनुपर्ने खालको भन्दै अग्राधिकार दिन पनि आदेश दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?