+
+

कैलालीमा स्रोत नखुलेको ५ लाख भारूसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १८:०५

१४ भदौ, धनगढी । कैलालीमा स्रोत नखुलेको ५ लाख भारतीय रूपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा सादा पोशाकको टोलीले गोदावरी नगरपालिका-१ बनखेत बस्ने ३५ वर्षीय रमेशबहादुर तिरूवालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गणेश बरालले विशेष सूचनाका आधारमा खटिएको टोलीले तिरुवाको घर खानतलासी गरेर चार लाख ७४ हजार पाँच सय भारतीय रूपैयाँ र २ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको जानकारी दिए ।

उनकाअनुसार सुर्तीको कभरमा लुकाई छिपाई राखेको १८ पोका खैरो हेरोइन र घरको कोठा भित्र स्ल्याबमा राखेको पंखाको कभर (कार्टुन)मा स्रोत नखुलेको भारतीय रूपैयाँ बरामद गरिएको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?