+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रधानमन्त्रीको दाबी : माधव नेपाल निर्दोष सावित भए

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते २०:४३

१५ भदौ, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित भएको दाबी गरेका छन् ।

समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले अब नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको बताए ।

‘माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरु के हो कसो हो भनिराखे’ उनले भने, ‘पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएको उनको दाबी छ ।

यससँगै आफ्नो पनि टेन्सन हटेको उनले सुनाए । ‘माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो’ केपी ओली प्रधामन्त्री हुँदा पनि षड्यन्त्र हुने हो कि भन्ने आशंका रहेको भन्दै उनले भने, ‘अब त्यो स्थिति रहेन ।’

सरकार ‘निर्दोष नफसुन्, दोषी नछुटुन’ भन्ने मान्यताका साथ अगाडि बढेको भन्दै उनले दोषी (जेल) गइरहेका र निर्दोषहरु निर्दोष साबित भएको दाबी गरे ।

भ्रष्टाचार विरुद्धको अभियानका क्रममा अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिए पनि नछोड्नुस् भनेर आफूले भनेको उनले दोहोर्‍याए । आफूले अनुसन्धानकर्ताहरुलाई दिएको निर्देशन भन्दै उनले सुनाए, ‘दोषी छ भने जोसुकै होस्, माओवादी होस्, कांग्रेस होस, एमाले होस् समाजवादी होस् कोही नछुटुन्, निर्दोष कोही नपुरुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?