+
+

भारत र पाकिस्तानको खेल पुनः वर्षाले अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते १६:५६

१६ भदौ, काठमाडौं । एसियन कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल पुनः वर्षाका कारण अवरुद्ध भएको छ ।

११.२ ओभरको खेल सकिएपछि खेल पुनः स्थगित गरिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले खेल अवरुद्ध हुँदासम्म ३ विकेट गुमाएर ५१ रन बनाएको छ ।

भारतका कप्तान रोहित शर्मा ११, विराट कोहली ४ र शुभमन गिल ६ रन बनाएर आउट भए । श्रेयस ऐयर १४ र इसान किसान २ रन बनाएर क्रिजमा छन् । पाकिस्तानका सहिन साह अफ्रिदीले २ र हरिस रउफले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?