+
+

साधना र सबैको लघुवित्त मर्जरमा जाने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते ११:२६

१७ भदौ, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएको छन् ।

१५ भदौ शुक्रबार दुई संस्थाबीच मर्जरमा जानेसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपातमा मर्जरमा जाने सहमति भएको साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

मर्जरपछि बन्ने संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था र केन्द्रीय कार्यालय चितवन राख्ने सहमति भएको छ । मर्जरपछि बन्ने संस्थाको चुक्ता पुँजी ७० करोड नाघ्नेछ ।

हाल साधनाको ३८ करोड र सबैको लघुवित्तको चुक्ता पुँजी ३२ करोड रहेको छ ।

मर्जरपछि बन्ने संस्थाको सञ्चालक समिति अध्यक्षमा हालको साधनाबाट र प्रमुख कार्यकारी अधिकृत सबैको लघुवित्तका केशवप्रसाद पौडेल हुनेछन् ।

सञ्चालक समितिमा साधनाबाट २ जना र सबैकोबाट २ जना तथा सर्वसाधारण सेयरधनीको तर्फबाट दुवै संस्थाबाट एक/एक जना हुनेछन् । स्वतन्त्र सञचालक साधना लघुवित्तबाट आउने सहमति भएको हो ।

गत आर्थिक वर्षको मुनाफबाट दुवै संस्थाले क्षमता भएसम्म लाभांश बाँडेर जाने सहमति भएको छ । पुसभित्रै एकीकृत कारोबार सक्ने सहमति भएको सीईओ न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?