 
																						फाइल तस्वीर ।								
											१८ भदौ, काठमाडौं । राष्ट्रिय सभाको बैठक दिउँसो एक बजे बस्दैछ । उक्त बैठकमा संविधान अनुकुल बन्न बाँकी कानुनहरुबारे छलफल हुनेछ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संविधान अनुकुल बन्न बाँकी कानुनहरुको अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको छ । उक्त प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राइले सभामा प्रस्तुत गर्नेछिन् ।
प्रतिवेदनले संविधान बमोजिम आवश्यक कानुन नबन्नुमा सरकार र संसदलाई नै मुख्य जिम्मेवार देखाएको छ ।
२०७४ मंसिरको चुनावबाट चुनिएको संसदले १०२ वटा कानुन बनाएको थियो । २०७९ मंसिरमा अर्को चुनाव भएर आएको प्रतिनिधि सभाले हालसम्म मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गर्ने गरी एउटा ऐन संशोधन गरेको छ ।
यसका अलावा संविधान कार्यान्वयनका लागि १८१ वटा कानुन बनाउन अध्ययनको सिफारिस छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4