+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गणित शिक्षक माग गर्दै पञ्चमुखी विद्यालयको गेटमा विद्यार्थीले लगाए ताला

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १४:३२

१८ भदौ, काठमाडौं। धादिङको सिद्धलेक गाउँपालिकाको वडा-३ मैदानमा रहेको पञ्चमुखी विद्यालयमा गणित विषय शिक्षकको माग गर्दै विद्यार्थीले ताला लगाएका छन् ।

निम्न माध्यामिक तहको राहत दरबन्दीमा कार्यरत गणित शिक्षक रमेश नेपाललाई गाउँपालिकाले वडा-२ ठाँटीमा रहेको सिद्धेश्वर माविमा सरुवा गरेपछि विद्यालय गणित विषय शिक्षकविहीन बनेको हो ।

साउन २५ गते बसेको गाउँ शिक्षा समितिको बैठकले शिक्षक नेपाल भदौ १ गतेदेखि हाजिर हुने गरी सरुवा गरे पनि शिक्षक रमेश नेपाल साउन ३१ गतेदेखि विद्यालय नआएको विद्यार्थी बताउँछन् ।

विद्यालयमा अध्‍ययनरत एक विद्यार्थीले भनिन्, ‘१ गतेदेखि सरको सरुवा हुने भन्ने थियो तर ३२ गतेदेखि सर आउनु भएन त्यसपछि पढाई नै भएन अनि ताला लगाएका हौं ।’प्रधानाध्यापकसँग शिक्षकको माग गरेपनि पालिकाले व्यवस्था नगरेको भनेपछि पालिकालाई पनि पत्र लेखे पनि वास्ता नगरेपछि ताला लगाएको विद्यार्थीको भनाइ छ ।

विद्यार्थीले गणित विषय शिक्षकको माग गर्दै भदौ १३ गते विद्यालयको मुलगेटमा ताला लगाएपछि पाँचदिन देखि विद्यालयको शैक्षिक तथा प्रशासनिक काम ठप्प भएको छ ।

विद्यालयको सबै गतिविधि नै ठप्प भएपछि विद्यालयले पालिकालाई आवश्यक सहजीकरण गर्न पत्र पठाएको छ । पालिकाले राहत करार दरबन्दी नै नरहने गरी अर्को विद्यालयमा सारेर विद्यार्थीको पढ्न पाउने अधिकार बन्चित गर्न खोजेको भन्दै अभिभावकले ३ नम्बर वडा कार्यालयमा भदौ १२ गते ताला लगाएका छन् ।

पालिकाले गाउँपालिका भित्र कार्यरत शिक्षकहरुको दरबन्दी मिलान गरी सरुवा तथा पदस्थापना गरिएको भन्दै विद्यालयमा शिक्षक नै नरहने गरी शिक्षकहरुको रुचीको आधारमा सरुवा गरिएको एक अभिभावकले बताए ।

उनले भने ‘पालिकाले शिक्षक सरुवा गराएकोमा हामीलाई केही आपत्ति होइन तर यहाँ शिक्षक व्यवस्थापन गरेर सार्नुपर्दैन ? अब के हाम्रो बालबालिकाले गणित विषय नै पढ्न नपाउन ?’

शिक्षक रमेश नेपाललाई पालिकाले आफ्नो घर पायक पर्ने विद्यालयमा सरुवा गरिएको उनको भनाइ छ । गाउँपालिका अध्यक्ष पर्शुराम खतिवडाले सहजीकरण गरिरहेको बताए ।

उनले भने, ‘भर्खरै विद्यालय व्यवस्थापन समितिको अध्यक्षसँग कुरा भएको छ । सरुवा हुनु भएको शिक्षकलाई नै अर्को शिक्षकको व्यवस्था नभएसम्म काजमा गरिदिने कुरा भएको छ भन्ने छ ।’ भोलिदेखि विद्यालय नियमित हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?