+
+

महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १६:१०

१९ भदौ, जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीसँग झडप भएको हो ।

मंगलबार दिउँसो १ बजेदेखि गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त छ । प्रहरीमाथि पनि विद्यार्थीले ढुंगामुढा गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन भन्दा बढी सेल अश्रुग्यास हानेको छ ।

विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा संलग्नहरु विद्यार्थी भएकाले संयमता अपनाएर स्थिति समान्य बनाउने प्रयास गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीको ढुंगामुढाबाट केही प्रहरी समेत घाइते भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?