
२० भदौ, धनगढी । कैलालीमा साढे १४ लाख बढिको अवैध सामान बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट भन्सार छली गरेर भारतबाट ल्याइएका ११ लाख चार हजार रुपैयाँका मोटर पाट्सहरु र कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले जानकारी दिए ।
उनकाअनुसार धनगढी उपमहानगरपालिका–४ को ओम शान्ती टोलबाट ९१ हजार बराबरको कपडा समेत बरामद गरिएको छ भने भजनी नगरपालिका–५ को कुटीबाट २ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको छ ।
सामान ओसार्न प्रयोग गरिएको से ७ प २५७ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेवारिसे अवस्थामा बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय र भन्सार कार्यालय सत्तीमा बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4