+
+
Shares

८ महिनामै फेरिए नापीका महानिर्देशक, पुरानैलाई फेरि मौका

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते २०:५४

२० भदौ, काठमाडौं । सरकारले ८ महिनामै नापी विभागको महानिर्देशक फेरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले महानिर्देशक जनकराज जोशीलाई भूमि व्यवस्थापन प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्दै मन्त्रालयका सहसचिव प्रकाश जोशीलाई नापी विभागमा फर्काएको छ ।

भूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठ चौधरीले करिब ४ वर्ष विभागको नेतृत्व गरेर ८ महिनाअघि मात्रै मन्त्रालय ल्याइएका प्रकाश जोशीलाई पुनः नापी विभागमा पठाउने निर्णय गरेकी हुन् । हालका महानिर्देशक जनकराज जोशीले विभागमा विभिन्न सुधारका काम सुरु गरेसँगै उनको सरुवा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

विभागका महानिर्देशक जोशीले नापीका कर्मचारीहरुको व्यस्थापनसहित सरुवामा व्यवस्थित मापदण्ड लागू गर्न खोजेका थिए । लामो सयमदेखि एकै ठाउँमा बसेका नापीका कर्मचाारीहरु धेरै अनियमिततामा संलग्न भएपछि मापदण्ड बनाएरै कर्मचारी व्यवस्थापन गर्न प्रस्ताव गरेपछि जोशीको सरुवा हुनुलाई मन्त्रालयका अधिकारीहरुले अर्थपूर्ण भनेका छन् ।

‘कतिपय नापी कार्यालयहरुका कर्मचारीहरू विभागका महानिर्देशकभन्दा बलिया छन्,’ एक अधिकारी भन्छन्,‘ आफूहरु सरुवा भएर दुर्गममा जानुपर्ने डरका कारण स्वार्थ समूहहरुसँग उठबस गर्ने कर्मचारीले महानिर्देशक फेर्न दबाब दिइरहका थिए ।’

महानिर्देशक जोशीले कम कार्यबोझ भएका नापी कार्यालयहरुलाई विभिन्न भूमि व्यवस्थापन तथा मालपोत कार्यालयमा गाभ्ने गरी कार्ययोजना समेत तयार गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?