+
+

उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १४:५६

२१ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष (आव)२०८०/८१ का लागि साढे ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

प्राधिकरणले यस आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको हो । यस आवमा सो बराबरको स्रोत प्राप्त हुने र खर्च भने ३६ अर्ब ६६ करोड २ लाख रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ । यसबाट ६२ लाखा रुपैयाँ खुद बचत हुने अनुमान गरिएको छ । प्राधिकरणले अघिल्लो आवको पेश्की मौज्दात र बैंक मौज्दात लाई समेत यस आवको स्रोतका रुपमा उल्लेख गरेको छ ।

प्राधिकरणले यस आवमा १५ अर्ब ८८ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने बताएको छ । ऋण/सेयर लगानीका रुपमा ६ अर्ब ६४ करोड रुपैयाँ प्राप्त हुने अनुमान प्राधिकरणले गरेको छ ।

प्राधिकरणले १९ अर्ब ३ करोड ८८ लाख रुपैयाँ पूँजीगत खर्च गर्ने भएको छ । कर्मचारी खर्चमा २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यसञ्चालन खर्च ४ अर्ब ३४ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । कर्मचारीको बोनसमा ५ करोड ८९ रुपैयाँ विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?