+
+

चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनुपर्छ : जनमत पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १५:१०

२१ भदौ, काठमाडौं । जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ ।

पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै यस्तो माग गरेका हुन् ।

नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको उनले बताए । उपाध्यक्ष खानले चिनियाँ राजदूतसँग स्पष्टीकरण समेत लिन भनेका छन् ।

‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनश्यता लगाउने काम गर्न खोजिएको छ । यो घोर निन्दनीय छ’ उपाध्यक्ष खानले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?