+
+

१४४ देशमा नेपाली कामदार पठाउन ९३५ वटा म्यानपावर कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १६:४०

२१ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार विश्वका बिभिन्न १४४ वटा देशमा नेपालीहरु रोजगारीका लागि रहेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार वैदेशिक रोजगारीमा पठाउने भनेर दर्ता भएका म्यानपावर कम्पनीको संख्या ९३५ वटा छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, उनीहरु ठगिएको विषय, नेपालीहरुले पाउनुपर्ने सुविधा लगायतका विषयमा सरकार गम्भीर रहेको पनि उनले बताए । यस सम्बन्धमा प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले पनि चासो राख्दै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?