+
+

प्रत्येक वर्ष अन्तर प्रदेश खेलकुद हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १९:२१

२१ भदौ, काठमाडौं । प्रत्येक वर्ष अन्तर प्रदेश खेलकुद हुने भएको छ । प्रदेश खेलकुद विकास समितिका सदस्य सचिवहरुको हेटौंडामा बसेको बैठकले प्रत्येक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको हो ।

यस्तो प्रतियोगिता प्रदेशहरुले आलोपालो रुपमा आयोजना गर्ने बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिएका हुन् ।

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद बागमती प्रदेशले फागुनमा आयोजना गर्नेछ । प्रतियोगितामा सहभागी हुने प्रदेशहरुले टिम तयारी आफ्नै खर्चमा गर्नेछन् । स्थानीय तहबाट नै खेलाडी छनोट गरि प्रदेश टिम बनाउनेबारेमा छलफल भएको भण्डारीले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रिय खेलकुदमा प्रदेश सहित विभागीय र अन्य टिमको सहभागिता हुने गर्दछ भने अन्तर प्रदेश खेलकुदमा प्रदेश टिम मात्र सहभागी हुन पाउने छन् ।

प्रथम प्रदेश खेलकुद आयोजनाका लागि बागमती प्रदेशले यसअघि नै निर्णय गरि सकेको छ भने आवश्यक बजेट समेत विनियोजन भई सकेको भण्डारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?