+
+

फोन पे र एनआईपीएलले सुरू गर्‍यो नेपाल-भारत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते २०:११

काठमाडौं । नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएल बीच नेपाल-भारत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरू गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौतासँगै नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरू गर्न यी दुई कम्पनी तयार भएको हो । उक्त सेवाका लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको जनाइएको छ ।

यस सहकार्यले दुवै देशका नागरिकलाई दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यूआर कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मद्धत पुग्ने विश्वास गरिएको छ ।

प्राविधिक एकीकरण पश्चात यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने बताइएको छ । यस सहकार्यबाट लाखौं उपभोक्ता र व्यापारीहरूले सेवाको लाभ लिन सक्ने विश्वास गरिएको छ ।

दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिने र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा सावित हुने विश्वास गरिएको छ ।

फोनपेका अध्यक्ष विश्वास ढकालले प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे ।

दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा यस सम्झौताले महत्वपूर्ण योगदान पुर्या्उनुका साथै समृद्धि र विकासलाई बढावा दिने उनले बताए ।

यस पहलले नवप्रवर्तन प्रति रहेको प्रतिबद्धतालाई जनाउने एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडले बताएको छ ।

यूपीआई एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्ने र प्रयोगकर्ताको कारोबार गर्ने तरिकालाई वृद्धि गर्ने विश्वास गरिएको छ।

यो ऐतिहासिक साझेदारीको सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो । उक्त फेस्टमा हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?