+
+

पोखरा र भैरहवामा चीनबाट नियमित उडान गर्न एमाले महासचिव पोखरेलको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १६:५६

२२ भदौ, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा नियमित उडानका लागि आग्रह गरेका छन् ।

चीन भ्रमणका क्रममा बेइजिङ पुगेका पोखरेलले शुक्रबार आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले नियमित उडानको आग्रह गरेका हुन् । उनले नियमित उडानको आग्रह गरिरहँदा पोखरा विमानस्थल चीनको सहयोगमा बनेको र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ व्यवसायीहरुले बनाएको पनि उल्लेख गरेका थिए ।

महासचिव पोखरेलले चिनियाँ उद्योगीहरुलाई नेपालमा लगानी गर्न पनि आग्रह गरे । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० औद्योगिक क्षेत्र तोकेर औद्योगिकरणमा जाने योजना बनिरहेकाले लगानीको आग्रह पोखरेलले गरे ।

महासचिव पाखरेलले सीपीसीका महासचिव राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा सफलतापूर्वक बढेकोमा खुशी प्रकट गरेका थिए ।

‘महासचिव सीको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा चीन सफलतापूर्वक अघि बढेको देख्दा हामीलाई खुशी लागेको छ’, पोखरेलले भने । महासचिव पोखरेलको नेतृत्वमा एमाले नेताहरु दुई साता लामो चीन भ्रमणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?