+
+

साक्षरता दिवसमा गोरखामा विभिन्न खेल र कथावाचन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते २०:५७

२२ भदौ, गोरखा । ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाका १०३ विद्यालयमा साक्षरता प्रवर्द्धन क्रियाकलाप गरिएको छ । १०१ सामुदायिक र २ निजी विद्यालयको विहानी प्रार्थना सभामा ‘सबै थोक छोडी पस्तक पढौं’ कार्यक्रम गरिएको थियो ।

त्यस्तै पढाइ दौड, स्मरण खेल, प्रवाह सहितको पठन, बिङ्गो खेल लगायतका कार्यक्रम गरिएको रुम टु रिडसँगको सहकार्यमा साक्षरता कार्यक्रम गरिरहेको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।

कार्यक्रमपछि महालक्ष्मी मावि लक्ष्मीबजारका प्रधानाध्यापक चिरञ्जीवी काप्रीले भने, ‘धेरै पुस्तक पढ्ने र पुस्तक पढ्न उत्साहित गर्ने शिक्षकलाई पनि पुरस्कृत गर्दा शिक्षक र विद्यार्थी सबैमा उत्साह थपिएको छ ।’

साक्षरता दिवसकै अवसरमा गोरखाको राम शाह चौतारो र ठूलो आँगनमा कथावाचन गरिएको थियो । प्रारम्भिक कक्षाका बालबालिकाहरुलाई घरमा पढ्न प्रोत्साहन दिने गरी बाल कथाहरु वाचन गरिएको थियो ।

रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत एलबी खड्का, सहायक अधिकृत सन्तोष खनाल र चन्द्रप्रभा कोइराला, वरिष्ठ सामाजिक परिचालक सरिता कटुवाल र एकिकरण नेपालका उज्ज्वल वाग्लेले हाउभाउसहित कथा वाचन गरेका थिए । कथा वाचनपछि कथाबाट प्रश्न सोधी सही उत्तर दिने विद्यार्थीलाई पुरस्कारसमेत दिइएको थियो ।

रुम टु रिडले गोरखाका आठ स्थानीय तहसँगको समन्वय र एकिकरण नेपालको व्यवस्थापन सहयोगमा जिल्लाका १०० विद्यालयहरुमा साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रम अन्तर्गत विद्यालयहरुमा पुस्तकालय स्थापना, शिक्षकहरुलाई विभिन्न तालिम र विद्यालयहरुको नियमित अनुगमन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?