काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ ।
इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरिएको इसेवाले जनाएको छ ।
२० भदौदेखि १८ असोजसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सीसीको मोटरसाइकल जित्न सक्नेछन् ।
यस अफरमा सहभागी हुनका लागि योजना अवधिभर सहभागीहरूले आ-आफ्नो लिङ्क गरिएको बैंक खाताहरू प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ ।
दैनिक पुरस्कारहरू
| सि.नं | पुरस्कार | कारोबार | बिजेताहरूको संख्या |
| १ | १ प्रतिशत वा ७५ रूपैयाँसम्मको प्रोमोकोड | लिङ्क गरिएको बैंक खाता मार्फत एयरलाइन्स्को टिकट काट्दा | सबै जनालाई |
| २ | १०० प्रतिशत क्यासब्याक १००० रूपैयाँसम्म | लिङ्क गरिएको बैंक खाता मार्फत नमस्ते मोबाईलको पोष्टपेड तथा प्रिपेड मोबाइलको रिचार्ज गर्दा | हरेक दिन एक जनालाई |
| ३ | इसेवा केयरको सुविधा (दुई लाख रूपैयाँसम्मको इन्स्योरेन्स ) | लिङ्क गरिएको बैंक खाता मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण | हरेक दिन एक जनालाई |
| ४ | १०० प्रतिशत क्यासब्याक १००० रूपैयाँसम्म | लिङ्क गरिएको बैंक खाता मार्फत नेपाल टेलिकमको फाइबर नेटको भुक्तानी गर्दा | हरेक दिन एक जनालाई |
| ५ | १०० प्रतिशत क्यासब्याक ५०० रूपैयाँसम्म | लिङ्क गरिएको बैंक खाता मार्फत एन्टिभाइरस खरिद गर्दा | हरेक दिन एक जनालाई |
इसेवाका अनुसार दैनिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ। दैनिक विजेताहरू बम्पर पुरस्कारसँगै साप्ताहिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन् ।
साप्ताहिक पुरस्कारहरू
| सि.नं | पुरस्कार | कारोबार | विजेताहरूको संख्या |
| ६ | स्मार्ट फोन | लिङ्क गरिएको बैंक खाता मार्फत बैंक एकाउन्टबाट रकम लोड गर्दा | हरेक हप्ता १ जनालाई |
| ७ | इनडक्सन चुलो | बैंक लिंक एकाउन्टबाट बिजुलीको महशुल भुक्तानी | हरेक हप्ता १ जनालाई |
| ८ | १०० प्रतिशत क्यासब्याक | लिङ्क गरिएको बैंक खाता मार्फत आन्तरिक हवाइ टिकटको खरिदमा | हरेक हप्ता १ जनालाई |
| ९ | होटल बुकिङ निःशुल्क | लिङ्क गरिएको बैंक खाता मार्फत होटल बुकिङ गर्दा | हरेक हप्ता एकजोडीलाई |
| १० | १०० प्रतिशत क्यासब्याक ५००० रूपैयाँसम्म | लिङ्क गरिएको बैंक खाता मार्फत क्यूआर भुक्तानी गर्दा | हरेक हप्ता १ जनालाई |
| ११ | १०० प्रतिशत क्यासब्याक ५००० रूपैयाँसम्म | लिङ्क गरिएको बैंक खाता मार्फत स्कुल कलेजको शुल्क भुक्तानी गर्दा | हरेक हप्ता १ जनालाई |
| १२ | वाटर डिस्पेन्सर | लिङ्क गरिएको बैंक खाता मार्फत खानेपानीको महसुल भुक्तानी गर्दा | हरेक हप्ता १ जनालाई |
साप्ताहिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ । साप्ताहिक विजेताहरू बम्पर पुरस्कारसँगै दैनिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन् ।
उपहार ह्याम्परहरू सङ्कलन गर्न, विजेताहरूले आफ्नो प्यान कार्ड विवरणहरू बुझाउनु पर्छ र पुल्चोक, ललितपुरमा रहेको ईसेवाको मुख्य कार्यालय वा तोकिएको शाखा कार्यालयमा जानुपर्नेछ।
नेपालको प्रचलित कानुन अनुसार भाग्यशाली विजेताले जितेको पुरस्कारमा २५ प्रतिशत रकमको विन्ड फल गेन कर लगाइनेछ।
मासिक पुरस्कारहरू
| सि.नं | पुरस्कार | कारोबार | विजेताहरूको संख्या |
| १३ | १०० प्रतिशत क्यासब्याक १०,००० रूपैयाँसम्म | लिङ्क गरिएको बैंक खाता मार्फत आन्तरिक राजस्व विभागको कर भुक्तानी गर्दा | १ जनालाई |
| १४ | १००,००० रूपैयाँसम्मको सपिङ भौचर | लिङ्क गरिएको बैंक खाता मार्फत बैंक ट्रान्स्फर गर्दा अथवा माईक्रो फाइनान्स्को शुल्क भुक्तानी गर्दा | १ जनालाई |
| १५ | १०० प्रतिशत क्यासब्याक २०,००० रूपैयाँसम्म | लिङ्क गरिएको बैंक खाता मार्फत टीएमएस कोल्याटरल लोड तथा बिल भुक्तानी गर्दा | १ जनालाई |
| १६ | १०० प्रतिशत क्यासब्याक १०,००० रूपैयाँसम्म | लिङ्क गरिएको बैंक खाता मार्फत क्रेडिट कार्ड भुक्तानी गर्दा | १ जनालाई |
| १७ | टिभी | लिङ्क गरिएको बैंक खाता मार्फत इन्टरनेटको महसुल तिर्दा | १ जनालाई |
प्रतिक्रिया 4