+
+

सरकारले श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौंमा किन बोलायो ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते ७:०४

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरुलाई काठमाडौं बोलाएका छन् ।

श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले बैठक आयोजना गर्दै प्रधानमन्त्री प्रचण्डले राजदूत र नियोगका प्रतिनिधिहरुलाई काठमाडौं बोलाएका हुन् ।

आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डकै अध्यक्षतामा बस्ने बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहने छ ।

‘दुई दिने बैठकमा श्रम आप्रवासनका सवालहरु र कूटनीतिक नियोगको भूमिकाका विषयमा छलफल हुनेछ,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्ने छ ।’

प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुन लागेको यसप्रकारको बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?