+
+

रास्वपाले भन्यो : लोकतान्त्रिक आन्दोलनमा नेम्वाङको भूमिका अमर रहने छ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १२:२८

२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक व्यक्त गरेको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति निकालेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पार्टीको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वसभामुख समेत रहनुभएका नेम्वाङले नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा निभाउनुभएको भूमिका नेपाली इतिहासमा सदैव अमर रहने छ ।’

आजका लागि निर्धारण गरिएका पार्टीका कार्यक्रम स्थगित गरेको र अन्त्यष्टिका दिन सरकारले सार्वजनिक शोक बिदाको निर्णय गरेकाले त्यस दिनसमेत पार्टीका कुनै कार्यक्रम नगर्न नगराउन पनि ढकालले भनेका छन् ।

नेम्वाङको आज सोमबार बिहान निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?